सुखीपुरमा हाजिर काण्ड : मेयरका छोराले एकै पटक साउनभरिको हाजिर गरे

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १२, मंगलबार (१ महिना अघि)
  • १११ पटक पढिएको
सुखीपुरमा हाजिर काण्ड : मेयरका छोराले एकै पटक साउनभरिको हाजिर गरे

सिरहा, १२ साउन। सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिर एकै पटक गरेको भेटिएको छ।

अनलाइनखबरले साउन १२ गते (आज) फेला पारेको अस्पतालको हाजिर रजिस्ट्ररमा उनले साउन २८ गतेसम्मको हाजिर गरिसकेको पाइएको हो ।

सरकारी कार्यालयको आधिकारिक हाजिरी रजिस्ट्ररमै साउन २८ सम्मको हस्ताक्षर गरिएको देखिएपछि कर्मचारी उपस्थितिको अभिलेख, प्रशासनिक अनुशासन तथा सुशासनमाथि नै प्रश्न उठेको छ।

यस विषयमा प्रतिक्रिया माग्दा डा. लुस्युनकुमार यादवले कहिलेकाहीँ मिस्टेकले यस्तो हुन सक्छ भन्दै सामान्य त्रुटि भएको दाबी गरे। साउन १२ गते नै २८ गतेसम्मको हाजिर कसरी भयो ? भन्ने प्रश्न राख्दा उनले पुनः कहिलेकाहीँ मिस्टेक हुन सक्छ भन्दै फोन काटे ।

घटनाबारे सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाए पनि पत्रकार भएको जानकारी पाएपछि आफू बाहिर छलफलमा रहेको भन्दै फोन काटेका थिए। त्यसपछि उनीसँग पुनः सम्पर्क हुन सकेन।

स्रोतका अनुसार डा. यादव सुखीपुर नगरपालिका प्रमुखका छोरा हुन्। उनी नगर आधारभूत अस्पतालमा करार सेवामा चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारीमा कार्यरत छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस