भारतीय नागरिक कुटपिट प्रकरण : दुई आरोपी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (२ घण्टा अघि)
  • ३५ पटक पढिएको
भारतीय नागरिक कुटपिट प्रकरण : दुई आरोपी पक्राउ

काठमाडौँ, १४ साउन। भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौंको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।

सो डान्स क्लबले भारतीय नागरिकलाई कुटपिट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको छ ।

उनीहरूले प्रहरी कर्मचारीको काममा बाधा गरेको तथा हातपात गरेका थिए । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस