
काठमाडौँ, १४ साउन। राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रहरी र सेना फिल्डमा उतारेर, ड्रोन आकाशमा उडाएर सुनसरी घटना समाधान नहुने बताएकी छन्।
उनले भनिन्, ‘योभन्दा डरलाग्दा घटनाहरू आएका थिए। तर ती समयमा प्रधानमन्त्रीहरूले सम्बोधन गर्थे, राष्ट्राध्यक्षका रूपमा रहेका राजाले सम्बोधन गर्थे। तर आज उहाँ कुन खोपीमा बसिरहनुभएको छ। आफ्नो फेसबुकको प्रशासन प्रणालीमार्फत गोली प्रहारबाट चलेका ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने, त्यसको आदेश कसले दियो?’
राज्यबाट चलेका गोलीका घटनाहरूमा फरक मापदण्ड कसरी हुन सक्दछ? भन्दै प्रश्न गरिन्।
