पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ घण्टा अघि)
  • २० पटक पढिएको
पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौँ, १४ साउन। प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ ।

बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।

साथै, सभाले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

यससँगै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस