
काठमाडौँ, १५ साउन। सामाजिक सञ्जालमा खलल पुर्याउने आठ जनालाई प्रहररीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।
१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट एक जनाको मृत्यु भएको थियो । त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।
