कञ्चनपुरमा जुवा अखडामा प्रहरी छापा, डेढ लाख नगदसहित ८ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १७, आईतबार (१ महिना अघि)
  • ९४ पटक पढिएको
कञ्चनपुरमा जुवा अखडामा प्रहरी छापा, डेढ लाख नगदसहित ८ जना पक्राउ

कञ्चनपुर, १७ साउन। कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरमा शनिबार दिउँसो जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा हानेको थियो ।

सो क्रममा भीमदत्त नगरपालिका–१८ निवासी ४० वर्षीय सुरेश चन्दसहित ८ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ६१ हजार र चार गड्डी तास बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस