
काठमाडौं, १७ साउन। लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्मा तामाङ नाम गरेका व्यक्ति छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटी उनी फरार भएका थिए । शनिबार राति साढे १० बजेतिर पक्राउ गर्न खोज्दा प्रहरीलाई नै खुकुरी आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तीन राउण्ड गोल चलाएर उनलाई पक्राउ गरेको दाबी गरेको छ । उनीबाट खुकुरी समेत बरामद भएको छ । गोली प्रहारबाट घाइते कर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
