५० लाख राहतसहित मृतक परिवारलाई न्याय दिनुपर्ने मोर्चाको अडान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १७, आईतबार (११ घण्टा अघि)
  • ५६ पटक पढिएको
५० लाख राहतसहित मृतक परिवारलाई न्याय दिनुपर्ने मोर्चाको अडान

काठमाडौं, १७ साउन। सद्भाव ¥यालीप्रति असन्तुष्टि जनाएका संयुक्त हिन्दु मोर्चासँग आबद्ध युवाहरुले सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर उत्पन्न परिस्थति साम्यका लाग १२ बुँदे मागसहितको ज्ञापनपत्र सरकारलाई धनुषा क्षेत्र नं. ३ का सांसद मनिष झा मार्फत बुझाएका छन् ।

मोर्चाले देवानगञ्ज घटनालाई गम्भीर सुरक्षा र मानवअधिकारसँग जोडिएको विषय भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिनुपर्ने, घटनामा संलग्न व्यक्ति तथा योजनाकारलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसँग मोर्चाले औपचारिक रूपमा माग गरेका छन् ।

साथै, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न, गोली चलाउने व्यक्तिहरू र घटनाका योजनाकारको पहिचान खुलाउनुपर्ने सहित ज्ञापनपत्रमा मृतकका परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन, परिवारका एक सदस्यलाई सरकारी रोजगारी दिन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग समेटिएको छ ।

ज्ञापनपत्र मार्फत प्रशासनिक लापरबाही भएको दाबी गर्दै जिम्मेवार अधिकारीमाथि कारबाही गर्नुपर्ने, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्ने, नागरिकताको छानबिन गर्नुपर्ने, मस्जिद र मदरसाको अनुगमन गर्नुपर्ने तथा हज यात्रा समितिलगायत केही संवैधानिक र नीतिगत विषयमा समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

मोर्चाले आफ्ना मागहरू समयमै सम्बोधन नभए आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् । ज्ञापनपत्र बुझ्दै प्रतिनिधिसभा सदस्य मनिष झाले संवाद र वार्तामार्फत समस्या समाधानको वातावरण बन्न थालेकोमा खुसी व्यक्त गरे ।

उनले सबै पक्षबीच सहमतिमार्फत समाधान खोजिने विश्वास व्यक्त गर्दै जनकपुरधामको अवस्था चाँडै पूर्ण रूपमा सामान्य बन्ने अपेक्षा रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस