नेपाली भूमिमा एसएसबीले बाँध भत्काएको स्थानीयको दाबी, सीमा क्षेत्रमा तनाव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १७, आईतबार (१० घण्टा अघि)
  • ५८ पटक पढिएको
नेपाली भूमिमा एसएसबीले बाँध भत्काएको स्थानीयको दाबी, सीमा क्षेत्रमा तनाव

काठमाडौं, १७ साउन। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ ।

स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।

उनीहरूले सुस्ता गाउँपालिका ५ थारु टोलमा बन्दै गरेका १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका स्थानीयले बताएका छन् । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयबासी प्रतिवादमा उत्रिएका छन् ।

सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा ३ सय मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको बताए ।

स्थानीयले रोक्ने प्रयास गरेपनि हतियारसहित आएकाले रोक्न नसकिएको तर, विवाद भएको उनले जानकारी दिए ।

यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाब दिएपछि रोकिएको थियो ।

सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ ।

स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक–पटकको हस्तक्षेपका कारण त्यहाँ विवाद दोहोरिने गरेको छ ।

भारतीय पक्षले बाँध भत्काएपछि अप्रिय घटना हुननदिन नेपालको सशस्त्र प्रहरी बल पनि घटनास्थल पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस