मोरङका एसपीसँग मागियो स्पष्टीकरण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (१२ घण्टा अघि)
  • ५३ पटक पढिएको
मोरङका एसपीसँग मागियो स्पष्टीकरण

काठमाडौं, १९ साउन। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ ।

प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।

व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधिएको हो ।

कोशी प्रदेशका एसएसपी योगेन्द्रसिंह थापाले पत्र काट्दै स्पष्टीकरण सोधेका हुन् । व्यवसायी मुदण्डको घरमा छापा हानेर केही पनि नभेटिएको भन्दै मोरङ प्रहरीले विज्ञप्ति जारी गरेको थियो ।

सूचनाको भेरिफाई नगरी छापा हानेर व्यवसायीलाई त्रसित बनाएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । छापा हान्नुको कारण, सूचना, केही प्रमाण फेला परे सो समेत पेस गर्न भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस