‘हाम्रो सरकार बोल्नेभन्दा काम गर्ने सरकार हो’ : गृहमन्त्री

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २१, बिहिबार (१२ घण्टा अघि)
  • ५६ पटक पढिएको
‘हाम्रो सरकार बोल्नेभन्दा काम गर्ने सरकार हो’ : गृहमन्त्री

काठमाडौं, २१ साउन। गृहमन्त्री सुधन गुरुङले प्रश्न उठेपछि जवाफ दिनुभन्दा पनि पहिला सरकारले काम गरिसक्ने दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक रहेर मदनकुमारी शाह गरिमा, सोमनाथ पोर्तेल, पुजा चौधरी र पदमबहादुर परियार समर्थनमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीबारे ध्यानाकर्षण प्रस्ताव राखेका थिए ।

सो प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । संसद्बाट प्राप्त हुने मार्गदर्शन बमोजिम सरकार सधैं क्रियाशील रहेको उनले बताए ।

कांग्रेस संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य पनि गरेकी थिइन् र

मनसुनजन्य विपद्मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनेकी थिइन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो । किनभने मनसुन जान लागिसक्यो । यति ढिलो प्रस्ताव किन ल्याएको ? भनेर भनिदिनुहोला भन्ने डर लाग्यो ।’

उक्त विषयमा जवाफ दिन ढिला भएको गृहमन्त्री गुरुङले स्वीकार गरे ।

उनले भनेका छन्, ‘… यस विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । सम्मानीत सदनबाट प्राप्त हुने मार्गदर्शन बमोजिम सरकार सदैव क्रियाशील रहने व्यहोरा निवेदन गर्न चाहन्छु । यसमा अलिकति ढिला भएको छ । हजुरहरूलाई जवाफ दिन ढिला भएको भन्ने कम्प्लेन पनि देखेँ । जवाफ ढिला भयो होला, तर जवाफ भन्दा पनि अगाडि चाहिँ हाम्रो काम हुन्छ । काम धेरै अघि बढेको छ । त्यसबारे म विस्तृत रुपमा अपडेट गर्ने पनि छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस