कर्णालीमा तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री शाही

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २४, आईतबार (२ घण्टा अघि)
  • ४७ पटक पढिएको
कर्णालीमा तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री शाही

कर्णाली , २४ साउन। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने बताए ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए । उनले भने, ‘केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको तर्क छ । मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएका उनले स्पष्ट गरे ।

नेकपा एमालेको समर्थनमा साउन १२ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस