संसद्‍मा लुगा–चस्माको बहस नगर्न रास्वपा सांसदको आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (२ महिना अघि)
  • ११५ पटक पढिएको
संसद्‍मा लुगा–चस्माको बहस नगर्न रास्वपा सांसदको आग्रह

काठमाडौं, २६ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद अमृता बिकले कसले कस्तो लुगा लगायो भनेर संसद्मा विषय उठाउन आवश्यक नरहेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

प्रतिपक्षको काम सरकारलाई गाली गर्ने मात्रै नभएर सरकारलाई सही दिशा दिने रहेको बताउँदै सांसद बिकले प्रतिपक्षले प्रश्नसँगै विकल्प पनि दिनुपर्ने बताइन् ।

‘तर, आज हाम्रो प्रतिपक्षको बहस हेर्दा देशको विकास, शिक्षा र अर्थतन्त्रभन्दा कसले कस्तो लुगा लगायो ? कुन रङको चस्मा लगायो ? कसले जिब्रो चिप्ल्यायो भन्ने कुराले सदनमा बढी ठाउँ पाएको देखिन्छ’, सांसद बिकले भनिन् ।

यस्तो प्रवृति त्यागेर सदनमा प्रतिपक्ष र सत्तापक्ष दुवैले सदनलाई नीति अनुसन्धान गर्ने थलो बनाउनुपर्ने बताइन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस