दशौं राष्ट्रिय खेलकुदको मिति पाँचौंपटक तय, मंसिर १६ देखि २९ सम्म हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (८ घण्टा अघि)
  • ५९ पटक पढिएको
दशौं राष्ट्रिय खेलकुदको मिति पाँचौंपटक तय, मंसिर १६ देखि २९ सम्म हुने

काठमाडौं, २८ साउन। दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिए । दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ ।

यसअघि पनि पटकपटक मिति तय भएपनि दशौं खेलकुद हुन सकेको छैन । २०७९ कात्तिक–मंसिरमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनमा १०औं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो ।

पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन । त्यसपछि २०८१ चैत २३ देखि ३० सम्म हुने भनिएको थियो । तेस्रोपटक २०८२ जेठ ३ देखि १० हुँदै चौथोपटक आगामी फागुन १ देखि ७ चैतका लागि सर्‍यो ।

आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन । फेरि जेठमा गर्ने निर्णय गरेको राखेपले त्यसमा पनि गर्न सकेन ।

त्यसपछि जेनजी मन्त्री बनेका बब्लु गुप्ताले २०८२ फागुनमा गर्ने निर्णय गरे । तर, समय नआउँदै मन्त्रीबाट राजीनामा दिएर चुनावमा लागेपछि चौथोपटकको मितिमा पनि दशौं खेलकुद हुन सकेन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस