कांग्रेसको वैधानिक सभापति देउवा नै भएको शशांकको दाबी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (२ महिना अघि)
  • १२६ पटक पढिएको
कांग्रेसको वैधानिक सभापति देउवा नै भएको शशांकको दाबी

काठमाडौं, २८ साउन। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।

बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन् ।

सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरु आउनुपर्ने हो, उनीहरुले अनादर गर्छन्, के गर्छन् उनीहरुको कुरा हो । देउवा पार्टीको सभापति नै हो,’ उनले भनिन्, ‘अहिले पनि नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा नै हो । उहाँ नै सभापति हो । स्टे अर्डर आएको छ की छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ ।’

पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षहरूलाई पुन: मूलधारमा समाहित गर्नुपर्ने बताए ।

कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उल्लेख गरे ।

उनले पार्टीभित्रको असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरी ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नभएको समेत स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस