बाबाधाम गएका एक दम्पती सहित ३ जनाको सवारी र्दुघटनामा निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८३ श्रावण २९, शुक्रबार (४ घण्टा अघि)
  • ७१ पटक पढिएको
बाबाधाम गएका एक दम्पती सहित ३ जनाको सवारी र्दुघटनामा निधन

 

वर्तमानकाल दैनिक साम्वादाता ।

साउन । रौतहट २९ गते ।
धर्म कमाउनको लागी हिडेको एक दम्पतीको तिर्थ यात्राकै क्रममा सवारी र्दुघटनामा निधन भएको छ । गरुडा नगरपालिका वार्ड नं. ६ पोठियाहीका ६५ बर्षिय नवल किशोर चौधरी र उनकी श्रीमती ६२ बर्षिय सुन्दरकला देबीको तिर्थयात्राकै क्रममा सवारी र्दुघटना हुदा निधन भएको हो ।
नवलको दम्पतीको साथसाथै १२ बर्षिय शिवम महतोको पनि सोही र्दुघटनामा ज्यान गएको गरुडा नगरपालिका वार्ड नं. ६ का वार्ड सचिब अरबिन्द राय यादबले जारी गरेको नोटमा जनाइएको छ ।
गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित बैद्यनाथ धाम तर्फ गएको ना.६ ख १५५४ नम्बरको बस आज शुक्रबार बिहान र्दुघटना भएको थियो । उक्त र्दुघटनामा ३ जनाको ज्यान गएको थियो भने १२ जना गम्भीर घाइते भएका छन ।
उक्त बस बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीर जाने क्रममा सतगावाँ क्षेत्रमा आज शुक्रबार बिहान भारतको झारखण्डको कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको थियो ।
स्थानियबासीले दिएको जानकारी अनुसार उक्त बसले ४५ जना तिर्थयात्री लिएर हिडेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
जसमध्ये गरुडा नगरपालिका वार्ड नं. ६ बाट २३ जना,कटहरिया नगरपालिकाका १९ र चालक दलका ३ जना गरी ४५ जना उक्त बसमा सवार रहेको प्रजिअ भुसालले जानकारी दिए ।
गरुडा—६ पोठियाहीबाट गिता देबी,शिवम महतो (मृत्यु भएको),रेखा महतो,पनिलाल पंडित,सुनैना देबी,लाल बहादुर राय यादब,रजिया देबी,धर्मेन्द्र चौधरी,रजनिश कुमार चौधरी,सबिता देबी,अंशु कुमारी चौधरी,नवल किशोर चौधरी (मृत्यु भएको),सुन्दरकला देबी (मृत्यु भएको),मौजेलाल राय यादब,सुमित्रा देबी,राजेश राय यादब,चन्द्रकान्त यादब,अमिरखन राय यादब,सुरतिय देबी,सन्जु देबी,निधि कुमारी र ढोडा मण्डल सहित २३ जना उक्त बसमा सवार रहेको वार्ड सचिब यादबले नोटमा जनाएका छन ।
गरुडा—६ का २३ जना,कटहरिया नगरक्षेत्रका १९ जना र चालक दलका ३ जना सहित ४५ जना उक्त बसमा सवार रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन ।
सवारी र्दुघटनाबारे थप जानकारीको लागी कुरा भइरहेको र रौतहटबाट पनि सोही गाउका बासिन्दाहरु पनि र्दुघटनाक्षेत्रमा गएको सिडियो भुसालले बताए ।अहिले पोठियाही गाउ शोकमा डुबेको छ भने केही स्थानियहरु भारत स्थीत वस र्दुघटना स्थल गएका छन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस