‘शिक्षा संवाद’मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघ असन्तुष्ट, आन्दोलनको चेतावनी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ३१, आईतबार (२ घण्टा अघि)
  • ४० पटक पढिएको
‘शिक्षा संवाद’मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघ असन्तुष्ट, आन्दोलनको चेतावनी

काठमाडौं, ३१ साउन। नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमाा सुरू गरेको ‘शिक्षा संवाद’ मा संगठनलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

मन्त्रालयले सातै प्रदेशमा शिक्षा ऐन निर्माणअघि सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कोशीबाट संवाद सुरू गरेको थियो । महासंघले शिक्षकहरूको आधिकारिक संस्थालाई सहभागी नगराइएको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक-कर्मचारीको समस्या र पेसागत आन्दोलनप्रति सरकारको ‘नियत उदाङ्गो’ भएको टिप्पणी गरिएको छ ।

महासंघले यस विषयलाई गम्भीरतापूर्वक लिँदै अविलम्ब आफूलाई सच्याउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ । मन्त्रालयलाई सच्चिन चेतावनी दिँदै कार्यशैली नसच्याएमा उत्पन्न हुने जुनसुकै असहज परिस्थितिको जिम्मेवार मन्त्रालय आफैँ महासंघको भनाइ छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस