चिनीको मूल्य बढेर १२० पुग्यो, उपभोक्ता समितिको बैठक छलफलै नगरी स्थगित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (२ महिना अघि)
  • १३६ पटक पढिएको
चिनीको मूल्य बढेर १२० पुग्यो, उपभोक्ता समितिको बैठक छलफलै नगरी स्थगित

काठमाडौं, ०१ भदौ। चिनीको सहज आपूर्तिका सम्बन्धमा छलफल गर्ने गरी तय भएको संसदीय समितिको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा अन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यो विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक राखेको थियो ।

जहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी आमन्त्रित थिए । संसदीय समितिका समिति सदस्यहरूका अलावा चिनीको सहज आपूर्तिसँग सम्बन्धित  सरोकारवालाहरू पनि रहने भनिएको थियो ।

तर विशेष कारणवश स्थगित भएको भनेर समिति सचिवालयले सूचना निकालेको छ ।

पछिल्लो समयमा चिनी मूल्यवृद्धि भएको छ । यसप्रति उद्योगी र व्यापारी आरोप–प्रत्यारोपमा रहेका छन् । तर मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ रहेको चिनीको मूल्य १ सय २० सम्म पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस