लुम्बिनीमा आचार्यलाई जसपा नेपालको साथ नहुने, विपक्षमा मतदान गर्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (६ दिन अघि)
  • ४३ पटक पढिएको
लुम्बिनीमा आचार्यलाई जसपा नेपालको साथ नहुने, विपक्षमा मतदान गर्ने

काठमाडौं, ०१ भदौ। जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

नेकपा (एमाले) का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन पार्टीले भदौ १ गतेदेखि लागू हुने गरी फिर्ता लिएको हो। आचार्यले आजै विश्वासको मत लिने कार्यसूची रहेको छ ।

जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाद्वारा जारी पत्रमा समर्थन फिर्ता लिइएको जानकारी दिइएको छ। पत्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोष कुमार पाण्डे तथा प्रदेश सभा सदस्यहरूलाई सम्बोधन गरी पठाइएको छ।

यसैबिच जसपा नेपालले मुख्यमन्त्री चेतनारायण आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएको छ। पार्टीको निर्णयानुसार लुम्बिनी प्रदेश सभाका जसपा नेपालका सदस्यहरूलाई अनिवार्य रूपमा विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको महासचिव डा. झाले जनाएका छन्।

WhatsApp Image 2026-08-17 at 10.13.03

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस