रवि लामिछानेको नेतृत्वमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (६ दिन अघि)
  • ५३ पटक पढिएको
रवि लामिछानेको नेतृत्वमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, ०१ भदौ। रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भदौ ५ गते बोलाइएको हो ।

केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेर बैठकमा पेस गर्ने र बैठकबाट पास गराउने तयारी छ ।

रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी छ । २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत हुँदैछन् ।

केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ ।

यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पास गरेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस