वायु सेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (२ घण्टा अघि)
  • ४६ पटक पढिएको
वायु सेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

काठमाडौं, ०१ भदौ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा घर भएकी ममता पाण्डे र काठमाडौंकी जननी बज्राचार्य छन् । उनीहरुले तोकिएको मापदण्डभन्दा बढी रकम लिएर बाहिर जान लागेको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले बताए । उनीहरु मलेसिया जान लागेको बताइएको छ ।

जननीबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगेट बरामद भएको छ । ममताबाट ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट बरामद भएको छ ।

पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि सम्पत्ति सुद्धिकरण विभाग पुल्चोक पठाइएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस