घुससहित पक्राउ परेका कर अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३, बुधबार (४ घण्टा अघि)
  • ६३ पटक पढिएको
घुससहित पक्राउ परेका कर अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा, ०३ भदौ। सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृतसहित दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि सेवाग्राहीको लेखापरीक्षण तथा कर निर्धारणसम्बन्धी काम गरी कर फर्छ्यौट गराइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएका थिए।

घुस रकम लिएको अवस्थामा अख्तियारको टोलीले कर अधिकृत पाललाई केही समयअघि नियन्त्रणमा लिएको थियो। घटनामाथि थप अनुसन्धान गर्दा पाल र यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस रकम लिएको खुलेको आयोगले जनाएको छ।

अनुसन्धानबाट दुवैजनाको संलग्नता पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस