राप्रपासहित ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा थापाको दाबी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३, बुधबार (३ घण्टा अघि)
  • ५० पटक पढिएको
राप्रपासहित ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा थापाको दाबी

काठमाडौं, ०३ भदौ। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले  प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

थापाले राप्रपासहित विभिन्न तीन दलका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

एमाले संसदीय दलको बैठकले थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय हिजो गरेको थियो । लगत्तै उनले आज प्रदेशप्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ । बागमती प्रदेश सभा १०४ सदस्यीय रहेको छ । नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस