रास्वपा केन्द्रीय समिति बैठक बस्दै, नेताहरू घण्टीघरमा जुटे

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (२ हप्ता अघि)
  • ६५ पटक पढिएको
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, नेताहरू घण्टीघरमा जुटे

काठमाडौ, ०५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी हुनका लागि नेताहरू वनस्थलीस्थित घण्टी घरमा पुगेका छन् ।

केन्द्रीय कार्यालयमा केही बेरमा सुरु हुने बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरू घण्टी घर पुगिसकेका छन् ।

अन्य केन्द्रीय सदस्यहरू पनि घण्टीघर पुग्ने क्रम जारी छ ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार आजको बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

उनका अनुसार पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

यसैगरी साङ्गठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन बैठकको कार्यसूचीमा छ ।

योजना, कार्यक्रम तथा अभियान अन्तर्गत केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा “उम्मेदवार छनोट रूपरेखा” अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन एवं  पार्टीको मुखपत्रका रूपमा “स्वतन्त्र” मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुने कार्यसूची छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस