१. शंखमुलको भ्याली ब्वाइज होस्टलमा युवकको हत्या, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (४ घण्टा अघि)
  • ४६ पटक पढिएको
१. शंखमुलको भ्याली ब्वाइज होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौ, ०५ भदौ। काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको हो।

उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २0 वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने फरार रहेका प्रमित पटेलको खोजी तथा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस