एमालेको चुनावी पराजयमा विद्या भण्डारीको सदस्यता विवाद पनि कारण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
एमालेको चुनावी पराजयमा विद्या भण्डारीको सदस्यता विवाद पनि कारण

काठमाडौ, ०९ भदौ। नेकपा एमालेको पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धि विवादलाई पनि चुनावी पराजयको एक कारण मानेको छ ।

महासचिव शंकर पोखरेलले तयार पारेर कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएको प्रतिवेदनमा एमालेले पराजय बेहोर्नुको विभिन्न ६ कारण उल्लेख गरिएको छ । ती कारणहरूमध्ये पार्टीभित्रको आन्तरिक समस्या पनि राखिएको छ ।

जसको पहिलो लाइनमै पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय उल्लेख छ । ‘पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण सम्बन्धी विवादले पार्टी पङ्तिलाई विभाजित बनाउन पुग्यो,’ प्रतिवेदनमा लेखिएको छ ।

एमालेका पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीको सदस्यता नवीकरण नगर्ने एमालेको निर्णय विवादित बनेको थियो । पार्टीभित्र एउटा ठूलो पंक्तिले पार्टी सदस्यता खोस्ने निर्णयलाई गलत भनेको थियो ।

सदस्यता नवीकरण नहुँदा भण्डारीले एघारौं महाधिवेशनमा भाग लिन पाएकी थिइनन् । तर, उनको समर्थनमा तत्कालीन बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टीम बनाएर एघारौं महाधिवेशनमा चुनाव लडेका थिए । यसलाई पनि प्रतिवेदनमा एमाले पराजयको एक कारण मानिएको छ ।

‘निर्वाचनको संघारमा पार्टीको ११औं महाधिवेशनमा प्यानल नै बनाएर पर्दीय प्रतिस्पर्धा गरिएका कारण तल्लो तहसम्म सांगठानिक कित्ताकाट र गुटबन्दी विस्तार हुन पुग्यो,’ पोखरेलले लेखेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस