गण्डकीमा एमालेका चार मन्त्री बाहिरिए, मुख्यमन्त्रीलाई बुझाए राजीनामा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (१ घण्टा अघि)
  • ४१ पटक पढिएको
गण्डकीमा एमालेका चार मन्त्री बाहिरिए, मुख्यमन्त्रीलाई बुझाए राजीनामा

पोखरा, १० भदौ। नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका चार जना मन्त्रीले राजीनामा दिएका छन् ।

बुधबार संसदीय दलको बैठकबाट निर्णय गर्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् । मंगलबार संसदीय बोर्डको बैठक बसेर मन्त्रीहरुले राजीनामा दिने निर्णय भएको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले राजीनामा दिएका हुन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थमन्त्री लक्ष्मण पाण्डेले राजीनामा बुझाएका हुन् ।

उनीहरू मन्त्रिपरिषद् हेरफेर हुँदा यही वैशाख २ गते नियुक्त भएका थिए । सत्ता समीकरण बदलिएपछि उनीहरु कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिएका हुन् । हाल प्रदेशमा एमाले-नेकपा समीकरण बनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस