भोटेकोशी बाढीमा ज्यान गुमाएका ७ जनाको शव पाल्पामा व्यवस्थापन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १७, बुधबार (१ घण्टा अघि)
  • ५५ पटक पढिएको
भोटेकोशी बाढीमा ज्यान गुमाएका ७ जनाको शव पाल्पामा व्यवस्थापन

पाल्पा, १७ भदौ। रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका सातवटा शव तानसेनमा व्यवस्थापन गरिएको छ ।

नवलपुरमा फेला परेर पाल्पा ल्याइएका शवको व्यवस्थापन गरिएको हो । जिल्ला विपद व्यवस्थापन समितिको बैंठकपछि तानसेन-१ गोर्खेकोटस्थित सामुदायिक वनमा ७ जनाको शवको व्यवस्थापन गरिएको हो ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार पाल्पा ल्याइएका पहिचान नभएका ८ शवमध्ये ७ जनाको डीएनए परीक्षण हुलिया लिएर मापदण्ड अनुसार व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक बालकसहित तीन पुरूष, दुई महिला र एक बालिकाको शव व्यवस्थापन गरिएको हो ।

एक जना महिलाको शव भने पहिचान भएको छ । उनको शव नुवाकोटबाट आएका आफन्तलाई जिम्मा लगाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस