एमाले कार्यदलमा शंकर–बादलका दुवै प्रतिवेदन पेस, छलफल भोलिबाट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २६, शुक्रबार (१७ घण्टा अघि)
  • ४७ पटक पढिएको
एमाले कार्यदलमा शंकर–बादलका दुवै प्रतिवेदन पेस, छलफल भोलिबाट

काठमाडौं, २६ भदौ। नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेस भएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन पेस गरेका हुन् । महासचिव तर्फबाट तयार भएको र मेरो भन्दै थापाले प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार दुवै प्रतिवेदनमाथि छलफल गरेर एउटै बनाउने प्रयास हुनेछ । तर, प्रतिवेदनमाथि अध्ययन गर्न भनेर आजको बैठक स्थगित भएको छ।

‘आज प्रस्तुत भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ,’ उनले भने ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस