अस्कर अवार्डको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालबाट ‘तिनीहरू’ सिफारिस

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २८, आईतबार (१ घण्टा अघि)
  • २५ पटक पढिएको
अस्कर अवार्डको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालबाट ‘तिनीहरू’ सिफारिस

काठमाडौं, २८ भदौ।  द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) द्वारा सन् २०२७ मा प्रदान गरिने ९९औँ एकेडेमी अवार्ड्स प्रतिस्पर्धाको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधाका लागि नेपालको तर्फबाट चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट भएको छ ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) का अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार, उक्त अवार्ड प्रतिस्पर्धाका लागि नेपालबाट दुई वटा कथानक चलचित्रहरू ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ आवेदनका रूपमा प्राप्त भएका थिए ।

प्राप्त दुवै चलचित्रहरूको प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन तथा एकेडेमीको मापदण्ड अनुरूप मूल्यांकन गर्दा ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’लाई आधिकारिक प्रतिस्पर्धीका रूपमा अस्करमा सिफारिस गरिएको समितिले जनाएको छ।

छनोट समिति (नेपाल) मा शर्माका साथै सदस्यहरू लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवन कुमार पराजुली र बिकेश सुवेदी रहेका छन्।

हेर्नुहोस् विज्ञप्ति :

ताजा अपडेट

खोजी गर्नुहोस