
काठमाडौं, २८ भदौ। नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भइ काठमाडौं नयाँ बसपार्क बस्ने २८ अनिष थापा मगर छन् ।
उनलाई प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्क खटिएको टोलीले पक्राउ गरेको हो ।
उनले नक्कली सुनलाई सक्कली सुन भन्दै १ करोड ३९ लाख रुपैयाँ ठगी गरेका थिए ।
उनीबाट नक्कली सुन ८६५ ग्राम समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए ।
पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनी बलात्कार कसुरमा कारागार चलान भएका व्यक्ति हुन् । जेनजी आन्दोलनमा उनी नख्खु कारागारबाट फरार भएका थिए ।
