बाढीले सोती खोला पुल पूर्ण रूपमा बगायो, आरुघाटमा पनि क्षति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २५, आईतबार (१५ घण्टा अघि)
  • ५७ पटक पढिएको
बाढीले सोती खोला पुल पूर्ण रूपमा बगायो, आरुघाटमा पनि क्षति

काठमाडौं,२५ असोज।  बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा जिल्लाका दुई पुलमा क्षति पुर्‍याएको छ।

सडक विभागले सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको छ।

त्यस्तै, गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर आरसीसी भाग बाढीले बगाएको छ। कुल ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचना रहेको उक्त पुलको ट्रस भाग भने बाँकी देखिएको छ।

बाँकी रहेको ट्रस संरचनामा बेली ब्रिज राखेर आवागमन सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको विभागले जनाएको छ ।

पुलको अवस्थाबारे विस्तृत प्राविधिक मूल्यांकन गर्ने काम भइरहेको विभागको भनाइ छ ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण प्राविधिक मूल्यांकनपछि स्पष्ट हुने विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस