स्पेनमा रेल दुर्घटनाले मच्चायो त्रास, दर्जनौँको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १२, बुधबार (१ दिन अघि)
  • ४३ पटक पढिएको
स्पेनमा रेल दुर्घटनाले मच्चायो त्रास, दर्जनौँको मृत्यु

काठमाडौं ,११ कात्तिक।  स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ । यद्यपि उक्त संख्या स्वतन्त्र पुष्टि भने भएको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री सान्चेजले दुर्घटनाबारे आफू यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस