महँगीको विरोधमा जर्मनीमा उग्र प्रदर्शन, पसलहरू लुटिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १६, आईतबार (२ घण्टा अघि)
  • ४३ पटक पढिएको
महँगीको विरोधमा जर्मनीमा उग्र प्रदर्शन, पसलहरू लुटिए

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ ।

देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ ।

जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी, ढुङ्गा र बोतल प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर भीड तितरबितर पारेको थियो ।

प्रदर्शनमा हजारौँ युवाले सहभागिता जनाएका थिए । उनीहरूले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा बजेट कटौती रोक्नुपर्ने, बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने र अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउनुपर्ने माग गरेका छन् ।

यसैबीच, फ्रान्समा पनि हिजो महंगीविरुद्ध युवाहरूको नेतृत्वमा भएको प्रदर्शनमा झण्डै लाख २० हजारभन्दा बढी मानिस सहभागी भए । युरोपका विभिन्न देशमा बढ्दो महँगी, सार्वजनिक सेवामा बजेट कटौती र सरकारी नीतिविरुद्ध युवाहरूको प्रदर्शन चर्किंदै गएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस