बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १८, मंगलबार (२ घण्टा अघि)
  • ४४ पटक पढिएको
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

काठमाडौं,१७ कात्तिक।  सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रमअन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य छ । कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

सरकारले बालबालिकामा कुपोषण तथा स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस