
मकवानपुर,१७ कात्तिक। मकवानपुरमा १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न रहेको आरोपमा मकवानपुरकै २६ वर्षीय रामशरण भोम्जनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार कात्तिक १६ गते बिहान भएको घटनासम्बन्धी जानकारी दिँदै आरोपित युवकलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
