पर्सामा लाखौँ मूल्यका पटाका प्रहरीद्वारा नष्ट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १९, बुधबार (१ घण्टा अघि)
  • ३८ पटक पढिएको
पर्सामा लाखौँ मूल्यका पटाका प्रहरीद्वारा नष्ट

पर्सा,१८ कात्तिक। पर्सा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको ७ लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका पटाकाहरू नष्ट गरिएको जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका पटाकाहरू बुधवार नष्ट गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।

सञ्चारकर्मीहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा खाल्डो खनेर पटाकाहरू राखिएको र त्यसमाथि पानी खन्याएर नष्ट गरिएको उनले बताए ।

अवैध रूपमा भित्र्याइएका तथा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका पटाकाहरूलाई सुरक्षित तरिकाले नष्ट गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस