प्रमुख आयुक्तसहित तीन आयुक्त नियुक्त भएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिएका छन् ।
चैत १९ गते अनिवार्य अवकाश हुँदै गरेका आयुक्त जोशीले राजीनामा दिएका हुन् । तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरे अवकासपछि डा. जोशी कार्यवाहक प्रमुख आयुक्त भएका थिए ।
बुधबार राजीनामा दिएका जोशी आयोगबाट बिदा भएका छन् । उनले राजिनामासँगै मोबाइल क्वीच अफ गरेका छन् ।
जोशीको राजीनामासँगै अख्तियारमा पुन: एक आयुक्त पद खाली भएको छ । जोशीको राजीनामापछि आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्त डा.सावित्री थापा गुरुङ, जयबहादुर चन्द र किशोरकुमार सिलवाल छन् ।
अख्तियारको आधिकारिक वेवसाइटबाट उनको नामसमेत हटाइएको छ ।