चितवनमा वडाध्यक्षको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २१, बुधबार (५ साल अघि)
  • ५ पटक पढिएको
चितवनमा वडाध्यक्षको निधन

चितवनको इच्छाकामना  गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो ।

लामो समयदेखि कलेजो पीडित रहेका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताइन् । उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए ।

रानामगरको श्रीमती र एक छोरी रहेकी छिन् । उनी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस