जनता आवास कार्यक्रमको अवस्था चिन्ताजनक देखियो : मन्त्री साह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २१, बुधबार (५ साल अघि)
  • ५ पटक पढिएको
जनता आवास कार्यक्रमको अवस्था चिन्ताजनक देखियो : मन्त्री साह

शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमको अवस्था चिन्ताजनक देखिएको बताएका छन् । बुधबार शहरी विकास मन्त्रालयले आयोजना गरेको जनता आवास कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले जनता आवास कार्यक्रमको अवस्था चिन्ताजनक रहेको बताए । मन्त्रालयले बुधबार सातवटै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिवहरु लगायतका सरोकारवालाहरुसँग जनता आवास कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम राखेको थियो ।

कार्यक्रममा बोल्दै उनले जनता आवास कार्यक्रममा प्रदेश सरकारको काम गराइले निराश बनाएको बताए । गरिबको घर भत्काएर बनाउन वर्षौ लगाउने, कति स्थानमा घर भत्काउने तर बनाउने योजना नै नराख्ने पाइएकोले संघ सरकारले जनता आवाश कार्यक्रमको प्रभावकारितामा गम्भिर ढंगले सोच्ने बेला आएको बताए ।
उक्त कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने भन्दै उनले पहिले निर्माणाधिन घरहरु निर्माण सकेर नयाँ योजनाबाट काम सुरु गर्नुपर्ने बताए ।
मन्त्री साहले सरकारले दिएको पैसामा आफ्नो पैसा थप गरेर पनि घर बनाउन सकिने व्यवस्था मिलाइदिन निर्देशन समेत दिए । भत्काइएका घर समेत निर्माण सम्पन्न हुन नसकेको असन्तुष्टि जनाउँदै उहाँले निर्माणाधिन घर निर्माण सम्पन्न गर्ने पहिलो प्राथमिकता बनाउन पनि सुझाव दिए ।

मन्त्री साहले जनता आवास कार्यक्रमको निम्ति पैसाको कुनै कमि नुहने पनि स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस