वर्तमानकाल संवाददाता । रौतहट । माघ २५ गते
रौतहट जिललाको कटहरिया नगरपालिकामा माधव प्रचण्ड समूहको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कटहरिया वडा नम्बर ५ स्थित सो समूहको नेता कार्यकर्ताहरुको बैठक बोलाइएको थियो । बैठक नगर स्तरीय आन्दोलन परिचालन संघर्ष समितीका संयोजक नसरुदिन अन्सारीको अध्यक्षतामा बसेकोे थियो ।
सो बैठकमा कटहरिया वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बैठकमा केन्द्रिय नेताहरु कल्याणी खडका , जिल्ला इन्चार्ज युवराज भट्टराइ समिर सहितका नेताहरु उपस्थित भएका थिए ।
बैठक बाट माघ २८ गते काठमाण्डौं हुने प्रतिगमनको विरुद्ध वृहत् जनसभामा सहभागिताको लागि संघर्ष समिती र समपुर्ण आम जन समुदाय सँग अपिल गर्ने निर्णय गरेको हो । यस अवसरमा नगर संघर्ष समतिीका सह संयोजक उपेन्द्र महतो , काशिम अन्सारी , मोजामिल मियाँ ,सुरेन्द्र साह ,विरेन्द्र यादव , गणेश साह , छबिलाल दास , राम लखन दास , वकिल कुशवाहा , बाबुलाल यादव सहितका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।