गौर बसपार्कबाट श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २७, मंगलबार (५ साल अघि)
  • ५ पटक पढिएको
गौर बसपार्कबाट श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना नियन्त्रणमा

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गते
श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना मानिस रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । आज मिति २०७७ माघ २६ गते अन्दाजी २ः०० बजेको समयमा जिल्ला रौतहट गौर नगरपालकिका वडा न। ४ वसपार्क नजिक वाटोमा नम्बर नभएको रातो रंगको स्कुटरमा जिल्ला रौतहट परोहा नगरपालिका वडा नं। १ जिंगडवा वेलविछुवा वस्ने शेख सुखाडीको छोरा वर्ष २७ को मोहम्मद दिलसाद आलमले श्रोत नखुलेको नेपाली रु।२१,९०,०००।९९एक्काईस लाख नब्बे हजार० रुपैया साथमा लिई गईरहेको सुचनाको आधारमा प्रहरी टोलीले रोकी खानतलासी गर्दा पक्राउ गरेको हो ।
श्रोत नखुलेको नगद रकमको कारवाहीको लागि मो। दिलसाद आलमलाई सम्पत्ति सुद्धिकरण विभागमा आवश्यक कारवाहीको लागि पठाईएको साथै नम्बर नखुलेको स्कुटरको कारवाही को लागि भंसार कार्यालय गौरमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस