वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गते
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं। ९ भुसहामा चोरी गर्ने उद्देश्यले गएको रितु महरालाई गाउलेहरुले लखेटदै गर्दा भाग्ने क्रममा करेन्ट लागेर मृत्यु भएको पुष्टि भएको छ । भुसहा स्थित गेहूँ खेतमा बितेको माघ २२ गते करिब ६ बजेर ५० मिनेटको समयमा लाश देखिएको थियो । लाश भेटिएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी टोली खटिन गईं सो स्थानमा गएर हेर्दा अन्दाजी वर्ष २४ को जस्तो देखिने पुरुषको लाश रहेको थियो । उक्त दिन राति भएकाले मुचुल्का उठाउन सम्भव नहुने हुँदा घटना स्थललाई प्रहरीको निगरानीमा सुरक्षित राख्न ड्यूटी राखी त्यसको भोलिपल्ट घटनास्थलको मुचुल्का गरि प्रारम्भिक अनुसन्धान गर्दा मृतक व्यक्तिको पेटको बायाँ कोख देखी दाया छातीको मुन्नी सम्म कालो डाम भई करेन्टले पोली ड्ढ़ेको जस्तो देखिएको थियो ।
निज मृतक जिल्लाको गुजरा नगरपालिका वडा नं। ७ प्रतापपुर पलटुवा बस्ने लक्ष्मण महराको छोरा अन्दाजी वर्ष २४ को रितु महरा रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । महरा पहिले देखी नै विभिन्न अपराध तथा चोरीमा संलग्न रहदै आएको प्रहरीले बताएका छन । विभिन्न मितिहरुमा जस्तै
२०७४ बैशाख २१ गते जिप्रका रौतहटबाट मोबाइल चोरी मुद्दा, २०७५ आषाढ़ १ गते ईप्रका चपुरबाट केहि सार्वजनिक अपराध, २०७५ फागुन १६ गते ईप्रका लक्ष्मिनियाबाट चोरी डाँका मद्दा र २०७७ साउन १ १ गते ईप्रका गरुडाबाट अभद्र व्यवहार कसुरमा मुद्दा चलेको थियो ।
मृतक रितु महरा माघ २१ गते करिब ११ बजे राती चोरी गर्ने उद्देश्यले वुन्दावन न।पा। वडा नं।९ भुसहा स्थित शेख
जहानको अन्दाजी ५५ वर्षीय छोरा महम्मद आलमको घरमा पस्दा निजले थाहा पाई हो हल्ला गर्दा भागेर जाने क्रममा
रितु महराको मफलर खस्दा महम्मद आलमले फेला पारि आफुसंग राखि निजलाई पिछा गर्दै लखेट्दै जाँदा निज लमाहा नदी तरी भागी फरार भएको थियो । महम्मद आलम आफुले लगाएको लुङगीमा खुट्टा अल्झी लड्दा दाँया घुंडामा समान्य चोट लागेको थियो । महम्मद आलमले उक्त मफलर आफ्नो घरमा चोरी गर्न आएको व्यक्तिको हो भनि गाउँमा आई देखाउँदा त्यही बस्ने अब्दुल रहमानको छोरा बर्ष ४५ को शेख अन्सारुलले यो मफलर गजुरा न।पा। वडा नं।७ प्रतापपुर पल्टुवा बस्ने रितु महराको हो भनेपश्चात रितु महराको घरमा गई देखाउँदा उक्त मफलर रितु महराकै रहेको भनि रितु महराको श्रीमती धुवपतिया देवी रामले
सनाखत गरेकी थिइन ।
मृतक रितु महरा चोरिको असफल प्रयास पश्चात भाग्ने क्रममा वृन्दावन न।पा। वडा नं।९ भुसहा बस्ने शेख फरमानको छोरा मसकुर आलमले जंगली जनावरवाट बचाउन आफ्नो खेत वरिपरि लगाएको अल्मुनियमको तारमा अल्झी उक्त
तारमा प्रवाह भएको करेन्ट लागि मृत्यु भएको भन्ने पोष्टमार्टम प्रतिवेदन तथा घटनास्थल अनुसन्धानबाट खुलेको छ । त्यसपछि मसकुर आलमलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा संधै झैं मिति २०७७र१०र२१ गते पनि राति ९ बजे खेतमा रहेको तारमा करेन्ट जोडी घरमा आई सुते र २२ गते बिहान ४ बजे खेतमा जाँदा खेतको आलीको दक्षिणतर्फ रितु महरा तारमा अल्झी बाँया तर्फ कोल्टो अवस्थामा लडेको देखी करेन्टको स्वीच अफ गरी निजलाई हेर्दा मृत्यु भई सकेको थियो ।
मृत्यु भएको थाहा पाउना साथ तत्कालै आफ्नो दाई शेख जपालुदिनको छोरा शेख सजाउँललाई बोलाई मृतक लाशलाई आफुले दुबै हात र भतिजा शेख सजाउँलले गोडा समाती खेत देखी करिब १०० मिटर दक्षिण गँहु वाली लगाएको शेख मोजरेको खेतको उत्तर तर्फ राखी दिएको थिए । त्यसपछि आफ्नो खेतमा आई तार हटाई रहेको अवस्थामा गाउँकै महम्मद आलमको छोरा बर्ष ३० शेख माझी आई तार हटाएको बारेमा सोधेको र निजलाई घटना सम्बन्धमा बताउँदा निजले पनि तार हटाउनमा सहयोग गरि उक्त तार आफ्नो गोवास घरमा लगी लुकाई छिपाई राखेको बताए । घटना पश्चात निज मस्कुर आलमलाई पक्राउ गरि नियन्त्रणमा लिई प्रारम्भिक अनसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित रौतहट जिल्ला अदालतमा पेश गरि अदालतबाट ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप अनुमती लिई निजलाई न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।