वर्तमानकाल संवाददाता । रौतहट । माघ २९ गते
रौतहट जिल्लाको वृन्दावन नगरपालिकाले एक सय जना बेरोजगारहरुलाई रोजÞगारी दिने अवसर प्रदान गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका दुई वटा वडामा ४० दिनको लागि रोजÞगारीको अवसर सृजना गरेका छन् ।
वृन्दावन नगरपालिकाको वडा नं. ७ धमौरा,कमलपट्टी र वड़ा नम्बर ८ बहुअरी,बरगजवामा युएनएफपी को योजना अन्तर्गत संचालित युवा स्वरोजगार कार्यक्रममा दुईटै वडामा ५० र ५० जनाले रोजÞगारी पाएको नगरपालिकाकाका रोजगार संयोजक हरेराम पंडितले बताए ।
स्वरोजगार कार्यक्रम अन्तर्गत नपाको वड़ा नं. ८ बरगजवामा भइरहेको नहरको पैनी सफाई कार्यमा खटेका कामदारहरु पारिश्रमिक वापत प्रत्येक दिनको ५ सय १७ रुपैयाका दरले पाउने कामदारहरुले बताए । स्थानीय सरकार आएदेखि देखी हामी गरीब तथा विपन्न वर्गका मानिसलाई केहि सजिलो भएको र यस्ता विभिन्न रोजÞगारीको अवसरले झन सहयोग पुग्ने एक महिला कामदारले बताइन ।
कार्य अनुगमनको क्रममा अनुगमन गर्न गएका वड़ा नं. ८ का वड़ा अध्यक्ष दिनानाथ महतो,वडा नम्बर ७ का वडाध्यक्ष जयमंगल पंण्डित र रोजगार संयोजक हरेराम पंडितसंग कुरा गर्दा यस कार्यमा गरीब तथा विपन्न वर्गका महिलाहरुलाई बढ़ी प्राथमिकता दिएको बताउनु भयो ।