वर्तमानकाल संवाददाता । माघ २९ गते
रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत परिवर्तित नाम थर र वत्तन ३२ जिल्ला बडहर्वा ८ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पुरुषोत्तम बैठा समेत भएको जबरजस्ती करणी उद्योग मुद्दामा वारदात मिति, समय र स्थानबाट भागी फरार रहेका प्रतिवादी जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ वस्ने वर्ष २४ को पुरुषोत्तम बैठालाई प्रहरी टोलीले पक्राउ गरी बुधबारसम्मानित रौतहट जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको हो ।