सरस्वती पुजाको नाउँमा शुल्क वा चन्दा नअसुल्न जिल्ला प्रशासनको अनुरोध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ ३०, शुक्रबार (५ साल अघि)
  • ५ पटक पढिएको
सरस्वती पुजाको नाउँमा शुल्क वा चन्दा नअसुल्न जिल्ला प्रशासनको अनुरोध


वर्तमानकाल संवाददाता । रौतहट । माघ ३०गते
सरस्वती पूजाको नाउँमा शुल्क वा चन्दा नअसुल्न जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ । एक सुचना जारी गरी डिएओ रौतहटले यस्तो अनुरोध गरेको हो । जिल्ला स्थित रहेको सबै सामुदायीक र संस्थागत विद्यालयसंग अनुरोध गरेको छ । यही आउने फाल्गुन ४ गते मनाइने सरस्वती पूजाको लागि ठूलो धनराशी नलाग्ने हुँदा सरस्वती पूजाको नाउँमा बिद्यार्थी अभिभावकहरुसित कुनै किसिमको शुल्क वा चन्दा नलिन, डिजे बाजाको प्रयोग नगर्न नगराउन, अश्लिल गीत नबजाउन तथा मूर्ति विसर्जनको समय बालबालिकाको प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय द्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रौहतट जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव द्धारा हस्ताक्षरिता सूचनामा श्री जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ रौतहट मार्फत जिल्लाको १८ वटै स्थानिय तहको सामुदायिक विधालयहरुको नाउँमा जानकारी गराइएको छ

ताजा अपडेट

खोजी गर्नुहोस