वर्तमानकाल संवाददाता । रौतहट । माघ ३० गते
राष्ट्रिय मुस्लिम आयोगको पहलमा रौतहट जिल्लाको ईशनाथ नपा वाड नं.८ टोल मनसरीमा गैरसरकारी संस्था माण्डबि नेपाल र मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारीले वृहत् राहत वितरण गराउनु भएको छ ।
कोवीड १९ को प्रभावित क्षेत्रलाई लक्षितगरी यो कार्यक्रम ल्याईएको हो भनी मुस्लिम आयोग अध्यक्ष अन्सारीले बताउनु भयो ।
रौतहट जिल्ला भरीको पालिका मध्ये ईशनाथमा पहीला कोरोना पोजेटिभ भेटीएको र सबै भन्दा बढी ईशनाथ र राजपुर फरहदवा नपामा कोवीड १९ को प्रभाव देखिएकोले यि दूबै स्थानीय तहलाई लक्षित गरी यो कार्यक्रम ल्याईएको हो । गरीब, मजदुर, किसान हरूलाई आत्म निर्भर बनाउने लक्ष्य रहेकोले यो कार्यक्रम अन्तर्गत पर्ने सबै महीला किसानहरुले माण्डबि नेपाल संस्था र यसको अध्यक्ष अन्जु झा लाई बधाई तथा यस्ता कार्यक्रम लाई सराहना गर्नु भएको थियो । यसै बिच परोहा नगरपालिका वाड नम्बर ४ पोखरियामा रहेको मिलत प्राथमिक विधालयमा भवनको शिलान्यास गर्नु भएको छ ।