वर्तमानकाल संवाददाता । रौतहट । फागुन ०५ गते
शहरी विकास मन्त्री माननीय प्रभु साहको “धुवाँ चुल्हो मुक्त अभियान“ अन्तर्गत मंगलबार रौतहटको गुजारा नगरपालिकाको वडा नम्बर ८ र ९ मा मौलापुरकि नगर प्रमुख रिना देवि साहले ७५० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेकिछिन।
गैंस सिलिन्डर वितरण गुजरा नगरपालिकाको वडा नम्बर ८ जोगौलियामा २१४, देवीपुरमा ६२, पिपरामा ९५ घर परिवार तथा वडा नम्बर ९ को दयालपुरमा १४०, अमतवामा १३०, अमतवा चौधरी टोलमा १३० ओटा घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण भएको हो । गुजारा नगरपालिकालाई धुवाँ चुल्हो मुक्त नगर बनाउने उदेश्यले सो गैंसफ चुला र सिलिन्डर वितरण गरेको मौलाएको नगर प्रमुख साहले बताए।
उक्त गैंस सिलिन्डर वितरण कार्यक्रममा प्रदेश सांसद मा. कुन्दन कुशवाहा, मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, नेकपाको प्रदेश कमिटी सदस्य त्रिभूवन साह, गुजरा नगर कमिटी अध्यक्ष पलट चौधरी, नेता चन्देश्वर बैठालगायत स्थानीय जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथि रहेको थियो ।