वर्तमानकाल संवाददाता । रौतहट । फाल्गुन ०६ गते
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा एक समुदायिक भवन शिलान्यास गरिएको छ । सो गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहले एक कार्यक्रमका बिच समुदायिक भवनको शिलान्यास गर्नु भएको बताइएको हो । जापानीज एम्बेसीको सहयोगमा ९० लाखको लागतमा वडा नं ५ वडहरवामा सामुदायिक भवन निर्माण हुने भएको छ । दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साह र वडा नं ५ का अध्य्क्ष धर्मनाथ चौधरीले संयुक्त रूपमा शिलान्यास गर्नु हो । यस अवसरमा स्थानीय भद्रभलादमी सहित राजनितिक दलका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।