वर्तमानकाल संवाददाता । गौर । फाल्गुन ०६ गते
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री अनिल झाले आफ्नो रेडियो स्टेशनमा काम गर्नको लागि राखेका एक नाबालिक बालिकाक
ा आफन्तले सांसद झाको ससुराले दुष्कर्म गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
आर्थिक अवस्था कमजोर भएकी बालिकालाइ घरको काम काज गर्नका लागि राखिएको बालिका माथि ७० वर्षीय सुदर्शन पाठकले यौन दुर्व्यवहार गर्ने प्रयास गरेको हो । स्थानीय गौर नगरपालिका वड़ा नम्बर ५ मा सांसद झाले आफ्नै घरमा सञ्चालन गरेको एक रेडियोको स्टेशन मैनेजरको रुपमा जिम्मेवारी सम्भालदै आएका प्रदेश नं २ का भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री डाक्टर डिम्पल झाको बुवा पाठकले १२ वर्षीय बालिकालाइ बलात्कार गर्ने प्रयास गरेको खुलेको छ ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका अंतर्गत रहेका देवी पर्सा टोला निवासी उक्त बालिकाले घरमा ढोका लगाएर कपडा खोल्ने प्रयास गर्दा घरबाट भागेको प्रहरी समक्ष व्यान दिएकी छीन् । बालिकाले घर बाट भागे पनी नानाले मोटरसाइकलबाट लखेटेको दावी गरेकी छिन् ।
बाल श्रम गराउनु कÞानूनी अपराध भएको जानकारी हुँदा हुँदै पनि सांसद झाले काम गर्न राखिएकी बालिका उनकै घरमा असुरक्षित भएको छ । सांसदको ससुरा तथा राज्य मन्त्री झाको बुवा पाठकले भने आरोपलाइ अस्वीकार गरेका छन् ।
उनले राजनितिक चरित्र हत्या गर्ने उदेश्यले आफू माथि गलत आरोप लगाएको दावी गरेका छन् । भारतीय नागरिक रहेका पाठकको नेपालमा राजनितिक छवि किन विगार्ने भनी प्रश्न उठेको छ ? पाठकले बुवाको मृत्यु भएको भनी भनेको कारण काम गर्नको लागि राखेको स्वीकार गरेका छन् । १ महीना पहिले घरको काम गर्नको लागि आएको बालिकाको आमाले छोरी सित दुष्कर्मको प्रयास गरिएको बताएकी छीन् ।
गाउँको प्रवीणको भनाइमा छोरीलाइ पठाएको जिकिर गर्दै छोरी माथि अभद्र व्यव्हार गर्ने पाठकलाइ कÞानूनी कार्यवाही गर्न दवाव सृजना गरिदिन सबै सित आग्रह गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बालिकाले दिएको व्यानको आधारमा अनुसन्धानको कार्य भैरहेको जनाएको रिपोर्टस् कल्ब रौतहटका अध्यक्ष तथा सञ्चारकर्मी अभिमनु पटेलले बताए ।